मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज यी प्रदेशमा वर्षाका सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 255
    SHARES
  • आज यी प्रदेशमा वर्षाका सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

    माघ १८ काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।

    images

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको आँकलन गरिएको छ ।

    राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको आँकलन गरिएको छ ।

    images

    बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू९भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ ।