मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्यो, स्टाफ नर्स मात्रै ५० जना माग

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 355
    SHARES
  • सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्यो, स्टाफ नर्स मात्रै ५० जना माग

    माघ १८ काठमाडौं।नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

    images

    जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

     त्यस्तै, १० जना बिएन र बिएस्सी नर्स माग गरिएको छ । बिएन र बिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् ।
    एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ ।  २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

    images