मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी, गणक मात्रै २१० जना आवश्यक

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 300
    SHARES
  • गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी, गणक मात्रै २१० जना आवश्यक

    माघ १८ काठमाडौ। काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । 

    images

    महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ  ।

    सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा  प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । 

    images

    १८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।