मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ललितपुर महानगरले चारवटा रुटमा सिसिटिभी क्यामेरा राख्दै

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 234
    SHARES
  • ललितपुर महानगरले चारवटा रुटमा सिसिटिभी क्यामेरा राख्दै

    माघ  १९ ललितपुर। ललितपुर महानगरपाकिालले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । 

    images

    महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए । 

    उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए । 

    images

    महानगरले स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडानलाईसँगसँगै अघि बढाउने छ ।