मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अतिक्रमित सडकपेटी खाली गराउन मन्त्री झाँक्री सडकमा 

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 444
    SHARES
  • अतिक्रमित सडकपेटी खाली गराउन मन्त्री झाँक्री सडकमा 

     माघ १९ काठमाडौं ।काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छिन् । ramkumari-1-.jpgramkumari-2-.jpgramkumari-4-.jpgramkumari-5-.jpgramkumari-6-.jpgramkumari-8-.jpgramkumari-9-.jpgramkumari-9-.jpgramkumari-14-.jpgramkumari-16-.jpg

    images

    बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामनपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो । 

    सडकपेटीमा थुपारिएको निर्माण सामग्री नियन्त्रणमा लिई गुह्येश्वरीमा रहेको खाली जग्गामा लगेर राखिने र सम्बन्धित व्यक्ति लिन आएपछि एक पटकलाई फिर्ता दिने मन्त्रालयका अधिकारीले बताएका छन् । 

    images

    सडकपेटी खाली गराउन १५ दिन अघि मौखिक सूचना दिए पनि अटेर गरेपछि  फिल्डमा आएर खाली गराउन परेको मन्त्रालयले बताएको छ । 

    धोबिखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाक्रीले बताइन् । अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरुमा पनि सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।