मंगलबार, कार्तिक १८ गते २०८३
images
images

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ भैँसीले खाएपछि‍‍‍.....

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 355
    SHARES
  • वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ भैँसीले खाएपछि‍‍‍.....

    माघ २० कपिलवस्तु । वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका-३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।  

    images

    जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।

    चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउन पर्ने स्थानीय समाजसेवी कृष्ण कार्कीले बताए । वन क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र वन रक्षक टोली परिचालन भए पनि चोरी सिकारीका घटना बढ्दै गएको छ । न्युज कारखाना

    images