मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागी ‘क्राउडसोर्सिङ’ प्रतियोगिता विजेतालाई रु.२० लाखको कन्ट्र्याक्ट

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 254
    SHARES
  • लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागी  ‘क्राउडसोर्सिङ’ प्रतियोगिता  विजेतालाई रु.२० लाखको कन्ट्र्याक्ट

    लक्ष्मी बैंकले आउँदो २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि ‘क्राउडसोर्सिङ’ प्रतियोगिताको घोषणा गरेको छ।

    images

    सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्र्याक्ट हात पार्नेछन्।

    यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल मान्यताहरुमा आधारित रहेको बैंकले जनाएको छ। 

    images

    बैंकका अनुसार रिलेसनसिप, एक्स्प्लोर्स, टिमवर्क, रेस्पोनिसबल, प्रोग्रेसिभ, जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ, सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ।  

    यस विषयमा थप जानकारीका लागि लक्ष्मी बैंकको वेबसाइट मा हेर्न सकिनेछ। 

    सो प्रतियोगिता लक्ष्मी बैंकको ‘क्राउडसोसिंङ’ मा आधारित तेस्रो प्रतियोगिता हो। यस अघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडियाज’ र २०२० मा ‘माइ मोबाइल मनि भिडिओ कन्टेस्ट’ मा उत्साहजनक सफलता पाइसकेको छ। 

    बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ।