मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य वस्तु नष्ट 

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 202
    SHARES
  • सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य वस्तु नष्ट 

    माघ २० जुम्ला । जुम्लाका  सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालको  नेतृत्वमा  बुधबार गएको अनुगमन टोलीले बरामद गरेको ६० हजार रूपैयाँ बराबरको  अखाद्य वस्तु नष्ट गरेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका अनुसार जिल्ला सदरमुकामदेखि टाढा रहेका बजारमा अखाध्य वस्तु बिक्री भइरहेको गुनासो आएपछि अनुगमन गरिएको हो । सो क्रममा पसलहरूमा म्याद सकिएका समानहरू फेला परेका हुन् । 

    images

    अनुगमन टोलीले जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूलाका १४ वटा पसलबाट म्याद सकिएका सामान बरामदपछि नष्ट गरेको हो  । कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी राजमार्गमा पर्ने गोटीज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य वस्तु तथा सामान ठुलो मात्रामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी  रिजालले बताइन् । उनले भनिन्, व्यवसायीले तीन वर्षदेखि म्याद नाघेका खुद्रा सामग्रीहरू बेचिरहेका रहेछन् ।उनले उपभोतालाई पनि सचेत हुन आग्रह गरेका छन् । 259549375_4890546777671874_5929675696241209026_n.jpg248378022_487104866259069_6353274436670848553_n.jpg

    अनुगमन टोलीले गोटिज्यूला बजारका खुद्रा पसलबाट म्याद नाघेका चाउचाउ, बिस्कुट, चक्लेट, पेय पदार्थ लगायत बरादम गरी नष्ट गरेको हो । चाउचाउ मात्रै ५८  कार्टुन नष्ट गरिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले भने । उनका अनुसार बालबालिकाले प्रयोग गर्ने मिठाई समेत म्याद नाघेका फेला परेका छन्

    images