मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुने

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 216
    SHARES
  • आज देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौं, २१ माघ आज काठमाडौं उपत्यकासहित देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा 

    images

    बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ । काठमाडौंमा पनि राति वर्षा भएको थियो ।

    दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन(चटयाङ(असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ ।

    images

    राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।