मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जुम्लामा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर(फोटो फिचरसहित)

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 383
    SHARES
  • जुम्लामा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर(फोटो फिचरसहित)

    248340903_6972232609517735_6134474468201403320_n.jpg259115245_1303055060190693_3332998442612221909_n.jpg259265173_941998756675742_5414262065094523007_n.jpg269607582_471126017955950_5900514936679730853_n.jpg272338361_937568023820043_7245221844014316315_n.jpg273208826_263310225880038_4069026008674477307_n.jpgमाघ २१ जुम्ला ।जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।

    images

    पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
    यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

    जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।272955616_3001475853399789_5859317515760738534_n.jpg

    images

    हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

    जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।