मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवा गरे सम्मान

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 300
    SHARES
  • प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवा गरे सम्मान

    माघ २१ काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

    images

    उनले नेपाली फुटबल खेलाडी मिहिनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताएका थिए । सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन् ।   

    सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो । शुक्रबारै अल्मुताइरीले नेपाल महिला भलिबल राष्ट्रिय टिमका खेलाडीहरूसँग पनि बालुवाटारमा भेट गरेका थिए ।

    images