बुधबार, कार्तिक १९ गते २०८३
images
images

टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 190
    SHARES
  • टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द

    माघ  २१ बुटवल । टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ । 

    images

    शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

    उहाँका अनुसार करिब चार बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुँडिएको र रन वेको पापी ९पिएपिआइ० लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले जानकारी दिए । 

    images

    ुटावरमा समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ,ु दाहालले भने, ुशनिबार पापी लाइट बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।ु

    • विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट विभिन्न जिल्ला जान हिँडेका यात्रु र यहाँ आउने यात्रु प्रभावित भएका छन् ।