मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 217
    SHARES
  • भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

    काठमाडौं, २१ माघ बिहीबार रातिदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।

    images

    जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।

    उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ । 

    images

    भोलिबाट मौसममा केही सुधार हुने देखिएको छु उनले भनिन्, भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।