मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महोत्तरीमा बिपी राजमार्गबाट ८६ किलो गाजा नियन्त्रण

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 430
    SHARES
  • महोत्तरीमा बिपी राजमार्गबाट ८६ किलो गाजा नियन्त्रण

    २१ माघ, महोत्तरी इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ ।

    images

    चेकजाँचका क्रममा काठमाडौंबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आएको बोलेरोमा ८६ किलो गाजा शुक्रबार साझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

    बर्दिवास(३ स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा बा१२च ३९५५ नम्बरको बोलेरोको पछाडीको हुटमा लुकाएर ल्याएको उक्त गाजासहित बोलेरो चालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

    images

    विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो साखा बिरगन्जबाट खटिएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो ।

    बोलेरोसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

    बोलेरोको हुडमा कालो प्लाष्टिकले छोपेर ल्याएको आठ पोका गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । डिजिटल तराजुले तौलिँदा उक्त गाजा ८६ केजी ३६५ ग्राम रहेको प्रहरीको भनाइ छ ।न्युज कारखानाreceived_308079828037200.jpegreceived_308079828037200.jpegreceived_1349817845430933.jpegreceived_478434403800521.jpeg