मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चौदण्डीगढीको प्रशासकीय भवन निर्माण सम्पन्न

एक्सप्रेस पाना
माघ २२, २०७८ शनिबार
  • 329
    SHARES
  • चौदण्डीगढीको प्रशासकीय भवन निर्माण सम्पन्न

    उदयपुर, २२ माघ उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवन पाएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न नगर प्रशासनिक भवनको परराष्ट्र मन्त्री डा। नारायण खड्काले शनिवार उद्घाटन गरेका हुन् ।

    images

    उदयपुर जिल्लाकै पहिलो अत्याधुनिक प्रशासनिक भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे तीन तले प्रशासनिक भवनको परराष्ट्र मन्त्री डा। खड्काले उद्घाटन गरेको हो । 

    करिब ५ करोड ९८ लाखको लागतमा निर्मित प्रशासनिक भवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवन हो । प्रशासनिक भवन फरक क्षमतामैत्री विद्युतीय भर्‍याङ ९लिफ्ट० जडान गरिएको छ । साँढे तीन तला भवनमा एक सभाहल शौचालयसहित ४३ वटा कोठा रहेको इन्जिनियर सन्तोष राईले जानकारी दिए । 

    images

    २०७७ साल जेठ मसान्तमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरेको भवन निर्धारित समयमै सम्पन्न भएको चौदण्डीगढी नगरपालिकाका इन्जिनियर राईले जानकारी दिए । इन्जिनियर राईका अनुसार २०७८ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७७ जेठमा ठेक्का लगाएका थियौं, निर्माण कम्पनी वल्डवाईज रामसागर जोइन्ट भेन्जर, काठमाडौंले कोभिड १९ को महामारीको अवस्थामा समेत निर्धारित समयमै भवन सम्पन्न गर्न सफल भएको इन्जिनियर राईको भनाई रहेको छ । 

    नेपाल टेलिकम र सशस्त्र प्रहरी बेससँगै निर्माण गरिएको साढे तीन तलाको भवनमा ४३ वटा कोठाहरू र ५० जना अट्ने सभाहल रहेको बताए । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरी भवनको निर्माण भएको छ । चौदण्डीगढी नगरपालिकाको नयाँ प्रशासकीय भवन सरकारी भवनमा जिल्लाकै लिफ्ट जडान गरिएको पहिलो भवन बनेको छ ।