मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नुवाकोटमा खाल्डोमा परी बालिकाको मृत्यु

एक्सप्रेस पाना
माघ २२, २०७८ शनिबार
  • 380
    SHARES
  • नुवाकोटमा खाल्डोमा परी बालिकाको मृत्यु
    नुवाकोट, २२ माघ इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका-१५ स्थायी घर भई विदुर नगरपालिका-६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

    विदुर नगरपालिका-६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खटिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।

    images

    खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।