मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देशभर आजको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने  

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 170
    SHARES
  • देशभर आजको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने  

    देशभर आजको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    images

    तराईका भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानीपख चिसो बढे पनि दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।

    केही दिनको वर्षाका कारण आकाश खुल्ने हुँदा बिहानीपख चिसो बढ्ने उनको भनाइ छ । आज दिउँसो पारिलो घाम लाग्ने सम्भावना छ तर बिहान चिसो बढ्न सक्छ ,उनले भनिन्, लगातारको वर्षाले आकाश खुला हुँदा तापक्रम घटेर चिसो धेरै महसुस हुने सम्भावना रहन्छ ।

    images

    उनका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । 

    विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम शनिबार अपरान्हपछि क्रमिक सुधार हुँदै भएको मौसमविद्ले जानकारी दिएका छन् । तर केही दिनमा फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना पनि रहेको मौसमविद्ले जानकारी दिए ।