मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपत्यकामा ट्राफिक प्रहरीले गर्यो एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही 

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 352
    SHARES
  • उपत्यकामा ट्राफिक प्रहरीले गर्यो एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही 

    माघ २४ काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । 

    images

    आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । 
    कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक रहेका छन् ।

    यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । 

    images

    फाइल तस्बिर