मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 263
    SHARES
  • कस्तो छ आजको मौसम ?

    माघ २५ काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images

    राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको आँकलन छ ।

    बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images

    राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।