मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लागु औषधसहित पाँच जना पक्राउ

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 257
    SHARES
  • लागु औषधसहित पाँच जना पक्राउ

    माघ २५ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले छिरिङलाई शंकास्पद अवस्थामा फेला पारी परेपछि उनको कोठा तलासी गर्दा ब्राउन सुगर फेला परेको हो । 

    images

    थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिकाका २७ वर्षीय खगेस खत्रीले राख्न दिएको खुल्न आएपछि खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    यस्तै, पोखरा महानगरपालिका–३२ मजुवाबाट करिब चार केजी अवैध लागूऔषध गाँजासहित सोही महानगरपालिका–२६ सुन्दरीडाँडा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा४ख १०८० नम्बरको माइक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई लागूऔषधसहित फेला पारेको हो । 

    images

    कपिलवस्तु, मायादेवी गाउँपालिका–४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो पाँच सय ३६ ट्याब्लेट र नाइट्राभेट ९० ट्याब्लेटसहित कपिलवस्तु नगरपालिका–७ धरमपनियाँ बस्ने २८ वर्षीय अफ्तर अलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु।३३प ९३०६ नम्बरको मोटरसाइकललाई सीमा प्रहरी चौकी चाकरचौँडाबाट प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अलीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

    नेपालगंज उपमहानगरपालिका–८ जोलाहान पुरुवाबाट करिब १९ ग्राम पाँच सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद अली कवाडियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो