मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हेटौंडा सिमेन्टको महाप्रबन्धकमा दरखास्त खुल्यो

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 270
    SHARES
  • हेटौंडा सिमेन्टको महाप्रबन्धकमा दरखास्त खुल्यो

    माघ २६ काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    images

    डेढ महिनादेखि महाप्रबन्धक रिक्त रहेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उमेद्‍वाररसँग दरखास्त माग गरेको हो ।

    ३५ वर्ष उमेर पुगेर ६५ वपर्ष ननाघेका तथा स्नातकोत्तर उत्तीर्णले २१ दिनभित्र महाप्रबन्धकमा आवेदन दिन पाउने छन् ।

    images

    उमेद्‍वारसँग कम्पनीमा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।