मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा चाँदी तथा चाँदीको गरगहना बरामद

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 361
    SHARES
  • सशस्त्र प्रहरीद्वारा चाँदी तथा चाँदीको गरगहना बरामद
    माघ २६ बाँके । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव ८ लाख ६८ हजार रुपैयाँ बराबरको १० के.जी. ८ सय ७ ग्राम चाँदी तथा चाँदीको गरगहना बरामद गरेको छ ।
     
    यूपी ३२ ईके ८१९६ नम्बरको भारतीय मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो माटरसाईकलमा जाँच गर्दा उक्त चाँदी फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

    चोरीनिकासीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
    रौतहट जिल्लाको परोहा नगरपालिका ६ स्थित सीमा ईलाकाबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । 
     
    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।