मंगलबार, कार्तिक १८ गते २०८३
images
images

धोबिचौरबाट धातुको मूर्तिसहित एक जना पक्राउ

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 265
    SHARES
  • धोबिचौरबाट धातुको मूर्तिसहित एक जना पक्राउ

    माघ २६ काठमाडौं । काठमाडौं महानगरपलिका-१७ धोबिचौरस्थित सडकबाट एक थान पँहेलो रंगको धातुको मुर्तिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई मंगलबारराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका किशोरको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना

    images