माघ २६ धनुषा । जिल्लाको बिदेह नगरपालिका ९ बाट माघ २५ गते सशस्त्र प्रहरीले १३ लाख ४० हजार नेपाली रुपैयाँसहित सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ९ बस्ने ४२ वर्षिय सरोज कुमार सिंहलाई पक्राउ गरेको छ ।
मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ईटहर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका सिंहलाई बरामद रुपैयाँ र उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
गाँजा बरामद : बारा जिल्लाको सुवर्ण गाउँपालिका ७ सनफलवास्थित सीमा ईलाकाबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव १ सय २२ के.जी. गाँजा बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान सशस्त्र प्रहरीद्वारा बरामद
महोत्तरी जिल्लाको औरही नगरपालिका ४ कविलासा स्थित सीमा ईलाकाबाट माघ २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरीले माघ २६ गते करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बारा जिल्लाको कलैया उप–महानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट बरामद गरेको हो बरामद लत्ताकपडा तथा हार्डवयरका सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
.jpg)


