मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यस्तो छ आजको मौसम

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 226
    SHARES
  • यस्तो छ आजको मौसम

    माघ २८ काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।

    images

    दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार भने माैसममा सुधार हुने देखिएकाे छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेकाे छ ।

    images