मंगलबार, कार्तिक १८ गते २०८३
images
images

७० वर्षीया आफ्नै आमालाई चिरपटले हानेर हत्या गर्ने छोरा पक्राउ

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 204
    SHARES
  • ७० वर्षीया आफ्नै आमालाई चिरपटले हानेर हत्या गर्ने छोरा पक्राउ

    फागुन २ मोरङ । जिल्लाको उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा उर्लाबारी प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ । 

    भण्डारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । 

    images