मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बस र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 382
    SHARES
  • बस र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

    फागुन ३ भक्तपुर । भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । 

    images

    मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकी ८ बजे बा३ख ४७६५ नम्बरको बस र बा६१प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका थिए । 

    images

    दुबै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।