मंगलबार, कार्तिक १८ गते २०८३
images
images

डा.तारानाथ शर्माको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 445
    SHARES
  • डा.तारानाथ शर्माको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    फागुन ३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार तथा लेखक डा। तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

    images

    डा। शर्माको मंगलबार निधन भएको थियो । उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले डा। शर्माप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

    आधिकारीक फेसबुक पेजमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘वरिष्ठ साहित्यकार डा। तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
     

    images