मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बालरोग क्यान्सर दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 265
    SHARES
  • बालरोग क्यान्सर दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    फागुन ४ काठमाडौं । अन्तर्राष्ट्रिय बालरोग क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    images

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेको कृष्णकुमार गुप्ताले बताए । 

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्नातक विद्यार्थी समाजले आयोजना गरेको रक्तदान कार्यक्रम डा।सुचारिका तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । 

    images

    गुप्ताका अनुसार कार्यक्रमको प्रमुख अतिथि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेशनाथ गंगोल रहेका थिए । कार्यक्रममा प्रा.डा. प्रकाशकुमार आचार्य, प्रा।डा।रवि शाक्य, प्रा.डा. पवन शर्मा, प्रा.डा. बालकृष्ण आचार्य, प्रा.डा. सरला केसी लगायतको विशेष सहभागिता रहेको थियो । 

    सो अवसरमा चित्रकला प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको गुप्ताले बताए ।