मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एम्बुलेन्सको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 200
    SHARES
  • एम्बुलेन्सको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

    फागुन ५ महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका-११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । 

    images

    गौशालाबाट रामनगरतर्फ जादै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिएको थियो । 

    गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार बेलुकी पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images