मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दुई जना पैदलयात्रीलाई ठक्कर दिइ भाग्ने बसका चालक पक्राउ

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 328
    SHARES
  • दुई जना पैदलयात्रीलाई ठक्कर दिइ भाग्ने बसका चालक पक्राउ

    फागुन ६ काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलिया छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    images

    ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो । 

    उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट पक्राउ गरिएको हो । 

    images

    बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौं रुटमा चल्ने बस सहित चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।