मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शरीरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 385
    SHARES
  • शरीरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु

    फागुन ७ जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । 

    images

    जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए ।

    बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपेट आगलागी भई ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    रोकायको शरीरमा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । रोकायको उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।न्युज कारखाना