मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पल शाहले भने- म माथि यी चार जना साथिहरुले नियोजित ढङ्गले षड्यन्त्र गरे

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 497
    SHARES
  • पल शाहले भने- म माथि यी चार जना साथिहरुले नियोजित ढङ्गले षड्यन्त्र गरे

    फागुन १२ काठमाडौं । अभिनेता पल शाहले आफुमाथि नियोजित ढङ्गले षड्यन्त्र गरि फसाउन लागेको बताएका छन् । हिजो बुधबार शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दर्ता गरे सँगै उनले आज सामाजिक सञ्जालमा उल्ले गरेका छन् । 

    images

    नमस्कार म पल शाह 🙏
    म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु । सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

    केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।  
    उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो"  साथै  " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
    १- साथी दुर्गेश थापा
    २- ठुल्दाई सरोज ओलि
    ३- भाई कृष्ण जोशी 
    ४- सम्राट चौलागाई

    images