मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यी नै युवा हुन् एमसीसीविरुद्धको आन्दोलनका क्रममा गम्भीर घाइते

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 289
    SHARES
  • यी नै युवा हुन् एमसीसीविरुद्धको आन्दोलनका क्रममा गम्भीर घाइते

    फागुन १२ काठमाडौं । बिहीबार दिउँसो एमसीसीविरुद्धको आन्दोलनका क्रममा बानेश्वरमा गम्भीर घाइते आन्दोलनकारीको पहिचान खुलेको छ । 

    images

    बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा भएको झडपमा उनी घाइते भएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते भएपछि तत्कालै एभरेष्ट अस्पताल पुर्‍याइए पनि त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो पठाइएको थियो । 

    घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् । अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ ।  माओवादी केन्द्रका सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टका अनुसार उनको अहिले अप्रेसनको तयारी भइरहेको छ । 

    images