मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इन्द्रावतीमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान अर्को सातादेखि

एक्सप्रेस पाना
फाल्गुण १३, २०७८ शुक्रबार
  • 378
    SHARES
  • इन्द्रावतीमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान अर्को सातादेखि

    फागुन १३ नवलपुर । सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानका लागि इन्द्रावती गाउँपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

    images

    अर्को सातादेखि क्रमशः सबै वडाहरूमा अभियान शुरु हुनेछ । कोभिड-१९ स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदैं आआफ्नो वडामा आफ्नो पालोमा निम्न प्रमाण सहित उपस्थित भई विवरण दर्ता गराउनु हुनु सम्बन्धित सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । 

    यस्तै यो अभियान प्रत्येक वडामा करिब १५ दिनसम्म सञ्चालन हुनेछ । पछि परिचय पत्र छापिएर आएपछि वितरण गर्दा पुनः छुट्टै अभियान सञ्चालन हुनेछ ।

    images

    राष्ट्रिय परिचय पत्रका लागि चाहिँने कागज पत्रहरु
    १. नेपाली नागरिकताको सक्कल प्रमाण पत्र
    २. नागरिकतामा जन्ममिति नखुलेमा मिति खुल्ने प्रमाण
    ३. नागरिकतामा भन्दा फरक ठेगाना भएमा वसाइसराई
    ४. नागरिकतामा पति पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाण 
    ५. नागरिकतामा अंग्रेजी नाम नभएकोमा भरसक अंग्रेजी नाम खुल्ने कागजात
    ६. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकतानुसार जस्तैः मुत्यु दर्ता, सम्बन्ध विच्छेद आदि ।