फागुन १७ काठमाडौं । आज महाशिवरात्री देशभरका शिवमन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । आजको दिन साँझको समयमा शिवालयमा चार प्रवरमा पूजा आरधना हुने गर्दछ । साँझ ६ बजेदेखि ९ बजेसम्म पहिलो, ९ देखि १२ दोस्रो र १२ देखि ३ सम्म तेस्रो र ३ देखि ६ सम्म चौथो प्रवरको पूजा गर्ने गरिन्छ ।
आजको दिन शिवको विशेष आरधना गर्ने दिन हो । आजको दिन यदी व्रत र पूजा गर्न सकिएन भने नमः शिवाय मन्त्र जप वा स्मरण मात्रले पनि सिद्धि प्राप्त गर्न सकिन्छ ।
.jpg)


