मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माझी समुदायले मनाए कोशी पूजा

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 240
    SHARES
  • माझी समुदायले मनाए कोशी पूजा

    काठमाडौं, १८ फागुन  माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन् । खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएको हो ।

    images

    माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । माझी समुदायले हरेक वर्ष फागुन तेस्रो मंगलबार यो पर्व मनाउँदै आएका छन् । 
    माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रुपमा लिने गर्छ ।

    लदी पूजाका दिन सामुहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताको प्रयोग हुन्छ । 

    images

    माझी समुदायले लदीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान संघ उदयपुरका सचिव दिपक माझीले बताए ।