मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्ताे छ आजकाे माैसम ?

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 165
    SHARES
  • कस्ताे छ आजकाे माैसम ?

    फागुन १९ काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।

    images

    प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको आँकलन पनि गरिएकाे छ ।

    राति पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शुक्रबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।

    images