मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जेसीभी दुर्घटनामा सहचालकको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 175
    SHARES
  • जेसीभी दुर्घटनामा सहचालकको मृत्यु

    फागुन २० चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी-१२ खहरे केराबारीछापमा जेसीभी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सहचालक महोत्तरी बर्दिबास-६ का १८ वर्षीय रोहित आले मगरको घटनास्थल मै मृत्यु भएको हो ।  

    images

    निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा२क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब १००  मिटर तल खसेको  बस्नेतले  बताए ।

    चालक बाँके राप्तीसोनारी-४ का २२ वर्षिय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images