मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दुई किशोरी बलात्कृत

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 261
    SHARES
  • दुई किशोरी बलात्कृत

    फागुन २० काठमाडौं । झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले गौरिगंज गाउँपालिका-२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार पक्राउ गरेको छ । 

    images

    खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

    यस्तै, सिरहामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान पक्राउ गरेको छ । 

    images

    घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।