मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौं प्रशासनले लगाएको सबै प्रतिबन्ध खुला

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 178
    SHARES
  • काठमाडौं प्रशासनले लगाएको सबै प्रतिबन्ध खुला

    फागुन २० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ ।

    images

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् ।
    कोरोना संक्रमित र ओमिक्रोन भेरियन्टको संख्या बढेपछि केही क्षेत्रमा प्रतिबन्ध लगाएको थियो ।

    पछिल्लो समय कोरोना संक्रमण न्यून विन्दुमा झर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्मार्ट लकडाउन हटाएको हो ।

    images