मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अवैध रुपमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपरलाई स्थानीयले लिए नियन्त्रणमा

एक्सप्रेस पाना
फाल्गुण २५, २०७८ बुधबार
  • 499
    SHARES
  • अवैध रुपमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपरलाई स्थानीयले लिए नियन्त्रणमा

    फागुन २५ उदयपुर । अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका छन् ।

    images

    उदयपुरको बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन गर्ने एक वटा एक्स्काभेटर र पाँच वटा टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाएका हुन् ।  बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता वन क्षेत्रबाट एक्स्काभेटर र टिपर नियन्त्रण लिएर कारबाहीका लागि बुझाएको स्थानीयवासी जितबहादुर राना मगरले बताए ।

    उनका अनुसार  ढुंगा लोडसहित भएकाे टिपर र एक्स्काभेटरलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाइएकाे हाे ।न्युज कारखाना

    images