मंगलबार, कार्तिक १८ गते २०८३
images
images

निस्सासिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयाेग

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 295
    SHARES
  • निस्सासिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयाेग

    फागुन २६ दैलेख । गत हप्ता १९ फागुन बिहीबार साँझ निस्सासिएर मृत्यु भएका परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ ।

    images

    गाउँपलिकाले १९ फागुन बिहीबार साँझ सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेकाे हो ।

    ठाटीकाँध गाउँपालिका-१ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ वर्षीय छोरा रमेश बादीको मृत्यु भएको थियो । उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै ठाटीकाँध गाउँपालिकाले मृतकको घर परिवारलाई ५८ हजार नगद रुपैयाँसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको ठाटीकाँध गाउँपालिका अध्यक्षा धीरबहादुर शाहीले बताए ।

    images

    ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले मृतक बादीको घरमा पुगेर मृतकको घर परिवारको न्यून आयस्रोत भएकाले आफूले सहयोग गरेको शाहीको भनाइ छ ।न्युज कारखाना