मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महोत्तरीमा महोत्सवमा दैनिक २५ सयभन्दा बढीको घुइँचो

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 211
    SHARES
  • महोत्तरीमा महोत्सवमा दैनिक २५ सयभन्दा बढीको घुइँचो

    फागुन ३० महोत्तरी । महोत्तरीको बर्दिबासमा जनजातिहरूले आयोजना गरेको महोत्सव चलिरहेको छ । महोत्सवभित्र सयौँ व्यापारिक स्टलहरू राखिएका छन भने रमाइलोको लागि विभिन्न मनोरञ्जनात्मक रोटेपिङ, बच्चाहरुको लागि बालमैत्री खेलहरू राखिएका छन् ।

    images

    प्रमुख आकर्षकको केन्द्र भने कलकारहरूले दिने प्रस्तुति नै हो । विभिन्न राष्ट्रिय कलाकारहरु, सेलिब्रेटीहरूलाई सहभागी गराएर महोत्सवलाई थप आकर्षण बनाउने प्रयास गरिएको छ ।

    महोत्सवले कृषि तथा स्थानिय मौलिक संस्कृतिको पहिचानको लागी स्टल तथा प्रस्तुति दिने भनिए पनि महोत्सवको तेस्राे दिनसम्म खासै अभ्यास गरेको देखिएन ।

    images

    Avatar

    महोत्सवभित्र आदिवासी जनजातीहरूको संगठन र संस्थाहरूको ठूला-ठूला ब्यानर देखिए पनि दर्शकहरूले स्थानीय धार्मिक, सांस्कृतिक पहिचान झल्कने दृश्यहरु भने  नियाल्न पाउँदैनन् ।

    कृषि र व्यवसायलाई मुख्य केन्द्रित गरिएको महोतसवमा स्थानीय उत्पादनहरूको पहिचान झल्कने गतिविधि शून्य देखिएको छ ।मेलामा १५० स्टल राखिएको छ। जस्मा ९ वटा स्टल आदिवासी जनजातिका विविध प्रयोजनका लागि छुट्याईएको छ।न्युज कारखाना  

    Avatar