मंगलबार, कार्तिक १८ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : ७९ वटा राजनीतिक दल दर्ता

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 356
    SHARES
  • स्थानीय तह निर्वाचन : ७९ वटा राजनीतिक दल दर्ता

    फागुन ३० काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजजनीतिक दल दर्ता भएका छन् । 

    images

    आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेले जानकारी दिए । 

    उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ । 

    images

    ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    Avatar