मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गाउँपालिकालाई नगरपालिका बनाउन माग

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 260
    SHARES
  • गाउँपालिकालाई नगरपालिका बनाउन माग

    चैत १ हुम्ला । जिल्लको सदरमुकाम रहेकाे सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ । सिमकोट गाउँपालिकाको आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सिमकोट गाउँपालिकाको सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।

    images

    हुम्लामा अहिलेसम्म एउटा पनि नगरपालिका नभएको हुम्लामा सिमकोट गाउपालिका नगरपालिकाको लागिका आवश्यक प्रक्रिया सुरु गरिसकेकाे प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।

    पाँच वर्षको कार्यकाल सकिन लाग्दा आफ्नो कार्यकालमा नगरपालिकाका लागि आवश्यक पूर्वाधार तयार गरिएको भएको कारण नगर पालिकाको माग गरेको सिमकोट गाउपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।

    images