काठमाडौं, ३ चैत आजको स् पात्रो ३ चैत बिहीबार, २०७८ । तद्नुसार मार्च महिनाको १७ तारिक । फागुनशुक्लपक्ष चर्तुदशी तिथि, पूर्णिमा व्रत९पहाडी जिल्लामा होली० रहेको छ । होलीको अवसरमा रातको समयमा होलीको चीरदाहा गरिन्छ । बणिज करण, पूर्वफाल्गुनी नक्षत्र, शुल योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः१४ र सूर्यास्त १८ः१३ मा हुनेछ।
आज काठमाडौं उपत्यकामा होली पर्व मनाइन्छ । सरकारले सार्वजनिक विदा समेत दिएको छ । चन्द्रमासअनुसार आज पूर्णिम तिथि शुरु भएर भोलीसम्म रहन्छ । त्यसैले भोलि तराईमा होली पर्व मनाउने गरिन्छ । होली पर्व आज र भोली दुवै दिन मनाउन सकिन्छ । शुक्रबार नैं पूर्णिमा हो । आजको ग्रहदेव बृहस्पति रहेको छ ।
मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) : सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका व्यक्तिलाई मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा नयाँ काम गर्न मन लाग्नेछ । तपाईले आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । आजको दिन रचनात्मक कामको शुरुवात गर्न पनि सक्नुहुनेछ ।
वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) : व्यापारबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै अध्यात्मयात्राबाट तपाइको लागि फाइदा हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) : घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा शुभ हुनेछ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नु पर्नेछ । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ।
कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) :कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । व्यापार ब्यबसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । चन्द्रमाको साथ रहेको हुनाले अध्ययन अध्यापनमा नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ । आजको दिन कुनै नयाँ पुस्तकको अध्ययन गर्दा रचनात्मक सोच बढ्नेछ ।
सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) :सिंह राशिका जातकले हरेक विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई मनमा सन्तोष हुनेछ आज । पारिवारिक समस्या समाधान हुँदै जाने छ । आजका दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । यात्राको लागि शुभ हुनेछ।
कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) : कन्या राशिका जातकका लागि आजको दिन यात्राको लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला( रा।री।रु।रे।रो।ता।ती।तु।ते): आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । तपाईम धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुमार र बालकलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । बृद्धजनलाई भोजन गराउनु उत्तम हुनेछ ।
वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) : तपाईले आज सूर्योदयको दर्शन गरेर दिनको कार्य शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नैं वेश हुनेछ ।
धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) :परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । नियमित काममा ध्यान दिनुहोला । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।
मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) :आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।
कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) : ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट खुसीयाली छाउने छ । आजको दिन कुनै आश्रयस्थलमा पुगेर बृद्धहरुलाई खानेकुरा दिनुभयो भने तपाईको लागि निकै फाइदा हुनेछ । सत्कार्यले मन र वचन पवित्र हुनेछ ।
मीन(दी।दु।थ।झ।ञ।दे।दो।च।ची) : मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । सकारात्मक सोच, आफनो नियमित काम र अध्ययन अनुसन्धानको कामको शुरुवातको लागि मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन शिवालयको दर्शनमात्रले तपाईको मनमा हर्ष छाउनेछ । अध्ययन अध्यापनमा ध्यान दिनु उत्तम हुनेछ ।
.jpg)


