मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चोरीको आरोपित साह कारागार चलान

एक्सप्रेस पाना
चैत्र ३, २०७८ बिहीबार
  • 189
    SHARES
  • चोरीको आरोपित साह कारागार चलान

    चैत ३ सप्तरी । चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई बिहीबार पक्राउ गरी कारागार चलान गरेको छ । राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साहको घरबाटै पक्राउ गरी ३० हजार जरिबाना तिराई कारागार चलान गरेको हो।

    images

    राजविराज नगरपालिका-७ बस्ने शिव नारायण साहको जाहेरीको आधारमा जिल्ला अदालत सप्तरीले १५ जेठ २०७६ मा साहले ३० हजार जरिबाना र एक महिना चार दिनको कैद सजाय भोग्नुपर्ने फैसला गरेको थियो । फैसलापछि प्रतिवादी फरार रहेका थिए ।