मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भरुवा बन्दुकसहित दुई जना पक्राउ

एक्सप्रेस पाना
चैत्र ३, २०७८ बिहीबार
  • 398
    SHARES
  • भरुवा बन्दुकसहित दुई जना पक्राउ

    चैत ३ सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट बुधबार राति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।