मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ढुंगा लागेर एक जनाको मृत्यु

एक्सप्रेस पाना
चैत्र ३, २०७८ बिहीबार
  • 169
    SHARES
  • ढुंगा लागेर एक जनाको मृत्यु

    चैत २ दैलेख । दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका-६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो ।

    images

    बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो । घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।